दफा ११क
सूचनाको तामेलीः
(१) महानिर्देशक वा कुनै अनुसन्धान अधिकृतले *यस ऐन बमोजिम जारी गरेको सूचना, आदेश वा कागजात सम्बन्धित व्यक्ति वा कार्यालयको कर्मचारीलाई बुझाई तामेल गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मोजिम सूचना तामेल हुन नसकेमा त्यस्तो व्यक्ति वा कार्यालय रहेको स्थानको स्थानीय व्यक्तिहरूको रोहवरमा सम्बन्धित व्यक्तिको घर ठेगाना वा कार्यालयमा टाँस गर्नु पर्नेछ ।
(3) उपदफा (१) वा (२) बमोजिम सूचना तामेल हुन नसकेमा त्यस्तो व्यक्ति वा कार्यालयको ठेगानामा हुलाक रजिष्ट्री, कुरियर, फ्याक्स वा अन्य विद्युतीय माध्यमद्वारा पठाई सूचना तामेल गर्न सकिनेछ ।
(४) उपदफा (१), (२) वा (३) बमोजिम सूचना तामेल हुन नसकेमा सम्बन्धित व्यक्ति वा कार्यालयको नाममा रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको कुनै पत्रपत्रिकामा सूचना प्रशारण वा प्रकाशन गरी सूचना तामेल गर्न सकिनेछ ।
(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम तामेल भएको सूचना रीतपूर्वक तामेल भएको मानिनेछ ।